site stats
बाह्रखरी :: Baahrakhari
देश
होटेलमा जुवातास खेलिरहेका २१ जना समातिए
प्रतीकारात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–२, विदुरस्थित नर्थ भ्यू होटेलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।

सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रवीन्द्र आचार्यसमेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

होटेलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १९२ रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्