site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

काठमाडौं । बतास एमएडब्लू कमर्सियर भेइकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच सम्झौता भएको छ । दुवै कम्पनीले क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

बतास एमएडब्लू प्रालिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिङ प्रमुख रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइसर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गइ गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्यासलेस इन्स्योरेन्सअन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइसरको आधिकारिक वर्कसपमा गइ मर्मत गराउन सक्ने कम्पनीले जनाएको छ ।

“ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुनेछ,” कम्पनीले उल्लेख गरेको छ ।

यसअघि आइसरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्