site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार आजियाटाले गर्‍यो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको खरिद–बिक्री प्रकरणमा आजियाटाका सीईओलाई नै पत्र काट्नुपर्ने बताएका छन् । 

बुधबारको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले सीईओलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार आजियाटाले गरेको छ, समितिले नै पत्र काटेर बोलाउनुपर्छ,” उनले भने, “बरू के सहयोग चाहिन्छ, हामी त्यो गर्न तयार छौँ ।” 

एनसेल बिक्रीसम्बन्धी पत्रमा नेपालको स्थिति चुनौतीपूर्ण देखिएको भनेर लेखिएको विषयले नेपालको वैदेशिक लगानीको वातावरणमा असर पर्ने उनले बताए । यसले लगानी सम्मेलनको औचित्यमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो । 

“सेयर बिक्रीबारेको नीति अस्पष्ट छन्,” उनले भने, “विश्वभरी नै नेपालको अर्थराजनीतिलाई छरपस्ट पारेको छ ।”
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्