site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्रष्टालाई सम्मान र पुरस्कारको घोषणा

काठमाडौं । राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार–२०८० को घोषणा गरिएको छ । १५ वर्षयता नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले सो सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले यो वर्ष ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गरिने भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, एक लाख रुपैयाँ नगद राशिसहितको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ कथाकार भागीरथी श्रेष्ठलाई प्रदान गरिनेछ ।

७५ हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि कृसु क्षेत्रीलाई, ५० हजार राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार अश्विनी कोइरालालाई, ६० हजार राशिको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ चित्रकार सम्झना राजभण्डारीलाई र ५० हजार राशिको ‘पद्यनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ संगीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्