site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य सेवामा उमेरहद ४५ वर्ष तोक्न आयोगलाई चिकित्सक संघको माग 

काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारीको उमेरहद ४५ वर्ष तोक्न माग गर्दै नेपाल चिकित्सक संघले लोक सेवा आयोगलाई  ज्ञापनपत्र बुझाएको छ । 

प्रदेश र संघबाट खोलिने पदपूर्ति विज्ञापनमा उमेरहद ४५ वर्ष तोक्न मागसहितको ज्ञापनपत्र बिहीबार आयोगका अध्यक्षलाई बुझाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघीय निजामती सेवाको गठन, सञ्चालन सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९ को दफा १८ मा रहेको उमेरहदसम्बन्धी व्यवस्थामा आपत्ति जनाउँदै संघले यस्तो माग गरेको हो । सो दफामा उमेदवार हुनका लागि पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष नकटेको हुनुपर्ने उल्लेख छ । 

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा १३ को उपदफा ग मा ४५ वर्ष पूरा भएका तर स्थायी र नियमानुसार नियुक्त भइ निरन्तर पाँच वर्ष सेवा गरेका अस्थायी कर्मचारीको हकमा उमेरहद लाग्ने छैन भन्ने उल्लेख छ । 

सोही ऐनअनुसार संघ र प्रदेशले खोल्ने विज्ञापनमा उमेरहद ४५ वर्ष तोक्ने निर्देशन दिन संघले आयोगलाई अनुरोध गरेको छ । 
nma-1703763708.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्