site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभामा १९ उमेदवारलाई जिताउन अपिल
फाइल तस्बिर ।

काठमाडौं । गठबन्धनका राष्ट्रियसभा उमेदवारहरूलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले अपिल गरेका छन् । 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा गठबन्धनको तर्फबाट उठाइएका उमेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उमेदवार सबैका साझा उमेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरूले आह्वान गरेको बताए । उनले प्रदेशमा र जिल्लामा समन्वय समितिहरू गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको पनि बताए । 

उनले भने, "सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रमुख नेताहरूको बैठक हो । यो बैठक राष्ट्रियसभा निर्वाचनका लागि हो । राष्ट्रि सभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उमेदवारहरूलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुक्त अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर १९ जना उमेदवार नै हामी सबैका साझा उमेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ । प्रदेश र जिल्लामा समन्वय समितिहरू गठन भएका छन् । त्यसका बारेमा पनि नेताहरूलाई ब्रिफिङ गर्ने काम भएको छ ।"

आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । 
 


gathabandan-1705211905.jpg
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्