site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मन्त्री किरातीको प्रस्ताव : निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पीपीपी मोडलमा गरौँ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

मन्त्री किरातीले विश्वका ठूला र चलेका अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडलमा नै सञ्चालन भएकाले सरकारले पनि निजगढ, पोखरा, भैरहवासहितका चार वटै अन्तर्राष्ट्रिय विमानस्थललाई सोही मोडल अघि बढाउने गरी अध्ययनको कामलाई अघि बढाउने तयारी गरिरहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यसलाई छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

मन्त्री किरातीले राजनीतिक दबाबको आधारमा आफूले कुनैपनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पारे । राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरू प्रयोगमा आउन नसकेको उनको स्पष्टीकरण थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्