site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
फेसबुकमा देखियो मेसेज आफैँ लोड हुने समस्या

काठमाडौं । फेसबुकको च्याटमा पुराना मेसेज आफैँ लोड हुने समस्या देखिएको छ । 

बुधबार अपराह्नदेखि कम्प्युटर वा ल्यापटपबाट फेसबुक चलाउँदा मेसेज बक्समा समस्या देखिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्प्युटर वा ल्यापटपमा फेसबुक खोल्दा इन्बक्समा गएर कुनै पनि च्याटग्रुपमा वा कुनै पनि प्रयोगकर्ताको इन्बक्समा क्लिक गर्दा आफैँ पुराना मेसेज लोड हुने भइरहेको छ ।

यो समस्या फोनमा भने देखिएको छैन ।

डाउन भएका वेबसाइटबारे रिपोर्ट गर्न मिल्ने डाउनडिटेक्टर वेबसाइटमा अहिले धेरैले फेसबुकबारे रिपोर्ट गरेका छन् । प्रयोगकर्ताहरूले आफूले डेस्कटपबाट फेसबुक चलाउँदा मेसेज बक्समा समस्या भोगिरहेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्