site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाँचथरको डेरी बजारमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिम नगरपालिका–१२ डेरी बजारमा नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा गरेको छ । 

उक्त शाखा सोमबारदेखि सञ्चालनमा आएको बैंकले जनाएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरूको संख्या २७५ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले गरेका थिए । 

ग्लोबल आइएमई नेपालका सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्