site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको सचिवालय बैठक जारी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।  

संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे रास्वपाले पार्टीमा छलफल गर्न लागेको हो । 

हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शीर्ष दलका नेतासँगको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी थिए । सोही छलफलबारे पार्टीलाई ब्रिफिङ गर्ने बैठकको कार्यसूची रहेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्