site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लामिछानेको निर्देशन– मेरो होइन, बाटोमा हिँडेको मान्छेको चिन्ता लिनू

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोजेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारे ।

लामिछानेले विगतका मन्त्रीहरूको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले त्यस अवसरमा आफ्नो कुनै पनि दबाब र प्रभावमा नपरी कानूनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने सिलसिलामा कुनै पनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।

"आम नागरिकले बाटोमा उभिएको युनिफर्ममा उभिएको हाम्रो प्रहरी अधिकारीले उसलाई देख्ने बित्तिकै महसुस गरोस्, म सुरक्षित छु । शान्ति सुरक्षाको प्रत्याभूति हामीले दिनुपर्ने कुरा, म यहाँ मेरो सुरक्षामा चिन्तित छैन । बाटोमा हिँडेको त्यो नागरिक, काम गर्दै गरेको सामान्य मान्छे, उनीहरूको सुरक्षामा बढी चिन्तित हुन पनि म अपिल गर्न चाहन्छु," उनले भने ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्