site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चरित्र बदलेका छैनौँ : सांसद पराजुली
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

आफूहरूको आसन मात्र फेरिएको र चरित्र पुरानै रहेको उनले उल्लेख गरे । उनले जनताका आवाज उठाउने विषयमा नै आफूहरू केन्द्रित हुने बताए । सदनमा ‘क्यालेन्डर’ लागु हुनु रास्वपाकै देन रहेको उनको भनाइ छ ।

“हामी हिजो प्रतिपक्षमा बस्दै गर्दा पनि हामीले जति खरा आवाज उठान गरेका थियौँ र जति विषयवस्तु उठाएका थियौँ, हामीले सदनमा क्यालेन्डर लागु गरौँ भन्दा उडाइन्थ्यो, आज वास्तविकतामा परिणत भएको छ,” उनले भने, “प्रतिपक्षमा रहँदा जसरी जनताका आवाज उठाएका थियौँ, ती आवाजको महत्त्व जति रहेको थियो, आज सरकारमा रहँदा पनि हामीले त्यो पाटो भुलेका छैनौँ । त्यति नै सान्दर्भिकता छ । हामीले आसन बदलेका हौँ, चरित्र बदलेका छैनौँ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्