site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
फेसबुकमा फेरि देखियो समस्या, कभर फोटो नै देखिन छाड्यो !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेरि समस्या देखिएको छ । प्रयोगकर्ताहरूले अरूको कभर फोटो नदेखाएको, सर्च हिस्ट्री नदेखिएको, स्टोरी लोड नभएको जस्ता गुनासो गरिरहेका छन् । यद्यपि, आफ्नो कभर फोटो भने हेर्न मिल्छ ।

वेबबाट फेसबुक चलाउने प्रयोकर्ताहरूले भने अनलाइन सूची देखिरहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका १० हजारभन्दा धेरै प्रयोगकर्ताले फेसबुक मेसेन्जर एपमा याक्टिभ प्रयोकर्ता नदेखिने समस्या देखिरहेको गुनासो गरेका छन् ।  

यसअघि फागुन २२ गते फेसबुकमा समस्या आएको थियो । त्यतिबेला केही समयका लागि फेसबुक पूर्णरूपमा बन्द भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्