site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन : कृषिमन्त्री 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले दुग्धजन्य पदार्थमा कर नलगाउने विषयमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको जानकारी दिइन् । दूधको बजारीकरण गर्न आवश्यक रहेकामा उनले जोड दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डीडीसीले दुई अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था रहेको भन्दै उनले ३० करोड रुपैयाँ ऋण लिएर पठाएकाले सो रकम किसानको हातमा छिट्टै पुग्नुपर्ने बताइन् । माछापालक किसानलाई ५० प्रतिशत छुट दिनुपर्ने उनले उल्लेख गरिन् ।

मन्त्री साहले नेपालमा कुनै एउटा स्थानलाई खोरेतमुक्त क्षेत्र घोषणा गरेर त्यहीँबाट बजारीकरण र निर्यात गर्नुपर्ने बताइन् । चैते धान उत्पादनमा पनि सरकारले प्राथमिकता दिने उनले सुनाइन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आउँदो असारसम्मलाई पुग्ने गरी युरिया मल मौज्दात रहेको बताए । उनले भारतबाट ५१ हजार टन डीएपी मल ल्याउन लागिएको जानकारी दिए । त्यसले सबैलाई प्रशस्त मात्रामा पुग्ने उनको भनाइ छ ।

सचिव शर्माले साउनदेखि मंसिरसम्म चाहिने रासायनिक मलको आपूर्तिका निम्ति टेन्डरमा जाने निर्णय भइसकेको सुनाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्