site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकार्यको राजनीति गर्न कांग्रेसलाई सिकाउनुपर्नेछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तित्व र सहकार्यको राजनीति गर्नुपर्ने बताएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा नेकपा (एमाले) झापाको ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तित्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताए । कांग्रेसले सधैँ अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्ने गरेको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले देशको विकास, सुशासनसहित 'समृद्ध नेपाल, सुखी नेपाली'को मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राखे । अध्यक्ष ओलीले मिसन ८४ मा एमालेले एकल बहुमत बनाउने दाबी पनि गरे ।

उनले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनितिक उचाइँ कायम राख्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्