site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेसनबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेसनका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्झौताअनुसार बैंकले हब इन्टरनेशनल एजुकेसनले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ ।

हब इन्टरनेशनल एजुकेसनमार्फत् सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्