site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बहिष्कार गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

आज बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरु भएको जानकारी गराएका थिए । त्यसपछि उनले बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"प्रतिपक्षको आसन खाली रहेको देखिएकाले प्रतिपक्ष दलका माननीय सदस्यहरू सभाहलमा प्रवेश गरेर आआफ्नो स्थानमा गर्नका लागि अनुरोध गर्दछु," उनले प्रतिपक्ष दलका सांसदहरूलाई आग्रह गरेका थिए ।

सभामुखले तीनपटक प्रतिपक्ष दलका सांसदहरूलाई सभाहलमा आउन आग्रह गरेका थिए । तर, उनीहरू नआएपछि सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्