site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा ‘एभरेस्ट’ र ‘एमडीएच’का चार मसलाको आयात र विक्रीमा रोक

काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा भारतीय दुईवटा ब्रान्डको मसलाको आयात र विक्री वितरणमा रोक लगाइएको छ ।

बिहीबार विभागले भारतीय ‘एभरेस्ट’ ब्रान्डको एउटा र ‘एमडीएच’ ब्रान्डका तीनवटा उत्पादनको आयात र विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार एभरेस्टको फिस करी तथा एमडीएचको मद्रास करी पाउडर, साम्भर मसला, करी पाउडरको आयात र विक्रीमा रोक लगाइएको हो ।

‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा एथिलिन अक्साइड रहेको पाइएपछि हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएकाले नेपालमा पनि विक्रीमा रोक लगाइएको उनको भनाइ छ ।

उनका अनुसार एथिलिन अक्साइड एक प्रकारको ग्यास हो । जसले ब्याक्टेरिया र ढुसीहरू नष्ट गर्छ ।

महानिर्देशक वैद्यका अनुसार ती मसलामा पूर्णरूपमा प्रतिबन्ध भने लगाइएको होइन । आवश्यक परीक्षणपछि माथिल्लो तथबाट प्रतिबन्धबारे निर्णय हुने उनको भनाइ छ । 

विभागले दुईवटा ब्रान्डका चार उत्पादनलाई बजारबाट पनि फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्