site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारविरुद्धको रिट न्यायाधीश शर्मा र सुवेदीको इजलासमा 

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्चका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको इजलासमा परेको छ । कोसी प्रदेशमा संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासकाे प्रस्ताव समेत नल्याइ अर्को मुख्यमन्त्री नियुक्तिपछि तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि दुईपटक मुख्यमन्त्री भइसकेका नेकपा एमाले संसदीय दलका हिक्मतकुमार कार्की तेस्रोपटक कोसी प्रदेशको मुख्यमन्त्रीमा बहाल छन् । 

संविधानकोे धारा १६८(५)मा पुगेर सांसदहरूको समर्थनमा मुख्यमन्त्री भएको व्यक्तिविरुद्ध अविश्वास प्रस्तावसमेत नलगी कसरी सरकार परिवर्तन भयो भन्ने प्रश्न लिएर तत्कालीन मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा वैशाख २८ गते न्यायाधीश हरि फयालको इजलासले गम्भीर प्रश्नसहित पूर्ण सुनुवाइबाट निक्र्यौल निकाल्नुपर्ने निर्णय गरेका थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्ता छन् सर्वोच्चले उठाएका प्रश्न 

१. संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले समर्थन गर्ने दल तथा सदस्यहरूले समर्थन फिर्ता लिएको जानकारी गराएपछि धारा १८८(२) बमोजिमको विश्वासको मत लिनु पर्ने हो वा होइन ?

२. धारा १६८(५) बमोजिम नियुक्त भएको मूख्यमन्त्रीको पद धारा १६९(१) को अवस्था भन्दाबाहेक अन्य तरिकाबाट रिक्त हुन सक्छ वा सक्दैन ?

३. धारा १६८ (५) बमोजिम नियुक्त भएको मूख्यमन्त्रीले धारा १८८ (४) मा उल्लिखित स्पष्टिकरणको सुविधा प्राप्त गर्न सक्छ वा सक्दैन ?

४. कोसी प्रदेश प्रमुखको मिति २०८१/१/२६ को विज्ञप्तिको संवैधानिक आधार तथा उक्त विज्ञप्तिभित्र उल्लिखित संकल्प प्रस्तावको संवैधानिक र कानुनी वैधता के कसो हो ?

५. प्रदेश सरकार गठन विघटनमा प्रदेश प्रमुख तथा प्रदेश सभाको क्षेत्राधिकार को परिधि र सीमा के कसो हो ?
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्