site stats
बाह्रखरी :: Baahrakhari
देश
थुनामा रहेको व्यक्तिलाई छुटाइदिने भन्दै '४५ लाख लिने' सुजितकुमार पक्राउ

काठमाडौं । थुनामा रहेको व्यक्तिलाई छुटाइदिने आश्वासन दिएर ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ एकजना पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय सुजितकुमार सिंह रहेका छन् । पछिल्लो समय उनी ललितपुरस्ति धापाखेलमा बस्दै आएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ०८० चैत २९ गते जुवा तथा सट्टेबाजीसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सञ्जयकुमार साहलाई छुटादिने आश्वासन दिएर उनका आफन्तहरूसँग सम्पर्क गरेका थिए । उनले आफ्नो उच्च पदस्थका व्यक्तिहरूसँग नजिकको चिनजान रहेको बताएका थिए । उनले आफूले सरकारी वकिल, न्यायाधीश र प्रहरीलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउन सक्ने बताएका थिए ।

उनले साहका आफन्तलाई काठमाडौंका विभिन्न स्थानमा बोलाएर नगद २० लाख र चेकमार्फत २५ लाख रुपैयाँ गरी ४५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्