site stats
बाह्रखरी :: Baahrakhari
देश
चिनियाँ नागरिकसँग बिहे गराइदिने भन्दै चीन लगेर बन्धक बनाउने सुन्दरी पक्राउ

काठमाडौं । प्रहरीले चिनियाँ नागरिकसँग बिहे गरिदिने प्रलोभन देखाएर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुलेको छ ।

“पक्राउ राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ,” मिश्रले भने ।

पीडित महिलालाई चिनियाँ नागरिकले एक लाख ५० हजार रुपैयाँ बिक्री गरेको खुलेको प्रहरीले बताएको छ ।

चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिएर यौन शोषण गरेको खुलेको मिश्रले बताए । पीडित महिलालाई चीनस्थित नेपाली दूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याउने वातावरण मिलाएको थियो ।  

पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्