site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई ओलीको पत्र– राजनैतिक स्थायित्व दिने उद्देश्य छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पत्र लेखेर समर्थन फिर्ता लिएको जनाएका हुन् ।

उनले पत्रमा राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागु हुने गरी फिर्ता गरिएको छ," ओलीले पत्रमा भनेका छन् ।

आजै एमालेका मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती थिए ।

Oli-Letter-to-Prachanda-1720021783.jpg
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्