site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरबाट ५० लाख रुपैयाँ र सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ, तीन भारतीय

काठमाडौं । शंकास्पद गतिविधि गरेको आरोपमा ललितपुरबाट पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

फक्राउ पर्नेमा भारतको महाराष्ट्रका २८ वर्षीय युवराज विभुते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १ का सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ का २० वर्षीय यसवन्त सुनार रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको एक निर्माणाधीन घरको तेस्रो तलामा शंकास्पद कारोबार भइरहेको सूचना आएको थियो । त्यसपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी गरेको थियो ।

त्यसक्रममा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु थान एक थान, विभिन्न कम्पनीका मोबाइल सात थान, हार्ड डिस्क एक थान, सिमकार्ड, चेकबुक तथा बैंकमा नगद जम्मा गरेको भौचर बरामद गरेको थियो ।

यसैगरी, ५० लाख चार हजार रुपैयाँ र सुन पगाल्ने मेसिन पनि बरामद गरेको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्