site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखरलक्षित लिम्बूको टिप्पणी : नयाँ सरकार निर्माणमा धोकाधडी नहोस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरूले गर्न नहुने बताएका छन् । 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष नेताहरूले खुट्टा नकमाई कांग्रेस–एमाले बीचका समझदारीअनुसार नयाँ सरकार गठनका लागि अघि बढ्न आग्रह गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले मुलुकमा विद्यमान समस्या समाधानका लागि दुई पार्टीबीच नयाँ सरकार गठन गरेर अघि बढ्ने समझदारी भएको उल्लेख गरे । त्यसलाई कार्यान्वयन गरेर अघि बढ्ने काममा ढिलाइ गर्न नहुने सांसद लिम्बूको भनाइ थियो । 

“अहिलेको परिस्थितिमा नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकको समस्या समाधान गर्ने जुन जमर्को गरेका छन् । म आग्रह गर्न चाहन्छु– हाम्रो पार्टीका शीर्ष नेताहरूले पनि खुट्टा नकमाइकन, धोकाधडी नगरीकन स्थिर सरकार दिएर अघि बढ्नसक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु,” उनले भने । 

सांसद लिम्बूले कांग्रेस–एमालेले मुलुकमा राजनीतिक स्थिरता दिन सक्ने भएकाले पनि नयाँ सत्तासमीकरण बनाएर अघि बढने सहमति भएको दाबी गरे ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्