site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । शनिबार विभिन्न स्थानमा परीक्षा गरिएको थियो ।

त्यसक्रममा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, रित शाहीको नाममा परीक्षा दिएका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिएका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिएकी दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् ।

यस्तै, पारस बुढाको नाममा परीक्षा दिएका रोशन खत्री, सविन महराको नाममा परीक्षा दिएका दार्चुलाका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिएका बैतडीका दिनेश चन्दलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

दुईलाई प्रहरी वृत्त गौशाला, तीनलाई वृत्त बानेश्वर र एकजनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्