site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीको बधाई

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री लीले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका छन्, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नो सन्देशमा प्रधानमन्त्री लीले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताएका छन् । 

प्रधानमन्त्री लीले ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन् । रासस
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २३:०३
प्रतिक्रिया दिनुहोस्