site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरिबन्धुबारे ओलीको स्पष्टोक्ति– मेरो निजी सम्पत्ति होइन, कुनै लाभ लिनु छैन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि–स्टेटको बारेमा होहल्ला नगर्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उठका प्रश्नको जवाफ दिँदै ओलीले कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ भन्दै प्रतिप्रश्न गरे । 

हदभन्दा बढीका जग्गा कानुन नबनाई सट्टापट्टा भएको बताउँदै कानुन बनाइएको बताए । “कानुन नबनाई यसरी नगर्नू भन्ने कुरा आएपछि हामीले कानुन बनायौं । कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ ?,” उनले प्रश्न गरे, “संसद्ले कानुन बनाउँदा भ्रटाचार गरिएको छैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अदालतले कानुन बनाउने कुरामा नीतिगत भ्रष्टाचार भएको भन्दै अफवाह नफैलाउन आग्रह गरे । “कसैलाई गिरिबन्धु टि–स्टेटका नाममा अफवाह फैलाउने आफ्नो अभ्यासलाई निरन्तरता दिनुछ भने त्यो बेग्लै कुरा होला,” ओलीले भने, “तर, म यो जरुरी छैन भन्ने ठान्छु ।” 

उनले अदालतले अहिलेलाई कार्यान्वयन नगर्न भनेको बताए । ओलीले आफ्नो निजी सम्पत्ति नभएको पनि बताए । “मेरो निजी सम्पति होइन । मैले कुनै लाभ लिनुछैन । थुप्रै मानिसको समस्या होला । त्यसलाई सहजीकरण गर्नु बेग्लै कुरा हो,” उनले भने, “म प्रधानमन्त्री भएपछि कानुन बन्यो । नियमवाली बन्यो । त्यसअनुसार कारबाही भएको छैन । यो होहल्ला के का लागि हो ?”
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्