site stats
बाह्रखरी :: Baahrakhari
देश
सौर्य एयरको विमान दुर्घटना : यी हुन् ज्यान गुमाउने एक विदेशीसहित १८ जना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १७ जना नेपाली र एक विदेशी नागरिक रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ । विदेशी नागरिक यमनका हुन् ।

काठमाडौंबाट पोखराका लागि उडेको विमान उड्ने बित्तिकै दाँयातिर पल्टिँदै धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालकदलसहित १९ जना सवार विमानका क्याप्टेन मनीशरत्न शाक्यको उद्धारपछि उपचार भइरहेको छ । अन्य १८ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।

ज्यान गुमाउनेमा अमृतमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्बेस मरासैनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्दव पुरी, यज्ञप्रसाप पौडेल, सन्तोष महतो, पुन्यरत्न साही, यमनका नागरिक अरिफ रेदा र कोपाइलट शुसान्त कटुवाल रहेका छन् ।

list-1721812405.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्