site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शिक्षाविद् कोइरालालाई ‘लेबाल त्रिरत्न पुरस्कार’को घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली शिक्षा परिषद्ले ‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । यही साउन १२ गते बसेको परिषद्को प्रबन्ध समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

कवि शिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित ‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् तथा शैक्षिक अनुसन्धाता प्रा. डा. कोइरालालाई प्रदान गर्ने निर्णय गरिएको परिषद्ले जानकारी गराएको छ ।

उक्त पुरस्कार परिषद्को ७४औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे ‘असीम’को ११२औँ जयन्तीका अवसर पारेर यही साउन ३२ गते प्रदान गरिनेछ । पुरस्कारको राशि एक लाख एक हजार १०१ रुपैयाँ रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्