site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

वीरगन्ज । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 

सोही आवमा पुरुषका नाममा ५४४ उद्योग दर्ता भएका छन् । गत आवमा ८९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउँछन् । 

“विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ”, उनले भने । अझै पनि पुरुषकै स्वामित्वका उद्योगको संख्या धेरै छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्