site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजी गर्न राजदूतसँग आग्रह
पाँचखाल नगरपालिका प्रमुख महेश खरेल ।

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गरेका छन् । 

अध्ययनका लागि नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोलखेका परिवारका सदस्यसहित काठमाडौंको महाराजगञ्ज–चक्रपथस्थित अस्ट्रेलियन दूतावास पुगेर आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बोलखेको खोजी गरेर पछिल्लो अवस्थाका बारेमा जानकारी दिन अनुरोध गरेको नगरप्रमुख खरेलले बताए । 

“राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ,” प्रमुख खरेलले भने । 

यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्