site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बाघ भैरव मन्दिरमा प्रतिष्ठापन गर्न मूर्ति हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं । कीर्तिपुरमा अवस्थित बाघ भैरव मन्दिर एक महत्वपूर्ण ऐतिहासिक र धार्मिक स्थल हो । राजा शिवदेव तृतीयले आजभन्दा करिब १००० वर्ष अगाडि बाघ भैरव मन्दिर स्थापना गरेको थियो ।

प्रत्येक वर्षको भाद्र सिंह संक्रान्ति (भाद्र १) गते मन्दिर परिसरमा स्वर्ण भैरव शक्ति मूर्ति कीर्तिपुर गुंदे दापा खलः को आयोजनामा जात्राको दिन प्रदर्शनी गर्ने गरिन्छ । बाघ भैरवले विनास र संरक्षणलाई प्रतिनिधित्व गर्छ । बाघ भैरवले सहरलाई दुष्ट आत्माहरू र विपत्तिबाट जोगाउने रक्षक देवताका रूपमा कीर्तिपुरबासीहरूले पूजा गर्ने गरिन्छ ।

बाघ भैरव मन्दिरको मुलद्वार अगाडिको गुन्थ सत्तलमा ३२१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भइसकेको बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति मूर्तिकला जगतमा प्रख्यात व्यक्ति क्रोधकला शिरोमणि कालु कुमालेज्यूका छोरा यस ल्हामो ह्याण्डीक्राफ्टका संस्थापक स्व. वीरेन्द्रकुमार अवालेको स्मृतिमा कीर्तिपुरको बाघ भैरव मन्दिरमा प्रतिष्ठापन गर्नका लागि हस्तान्तरण गरिएको छ । शुक्रबार मूर्ति लिन कीर्तिपुरको गुँदे खलबाट करिब २५० जनाको समूहमा नेवारी पहिरनमा बाजागाजासहित पाटन आएका थिए । भोलि कीर्तिपुरमा बाघ भैरव जात्राको क्रममा पूजा गरी सो मूर्ति पनि प्रदर्शनमा राखिने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

bagbhirav_sunilpradhan_12khariphoto-14-1723815341.jpg

bagbhirav_sunilpradhan_12khariphoto-07-1723815340.jpg

bagbhirav_sunilpradhan_12khariphoto-11-1723815339.jpg

bagbhirav_sunilpradhan_12khariphoto-05-1723815337.jpg

bagbhirav_sunilpradhan_12khariphoto-10-1723815337.jpg

bagbhirav_sunilpradhan_12khariphoto-12-1723815336.jpg

bagbhirav_sunilpradhan_12khariphoto-13-1723815335.jpg

bagbhirav_sunilpradhan_12khariphoto-08-1723815342.jpg

bagbhirav_sunilpradhan_12khariphoto-09-1723815344.jpg

bagbhirav_sunilpradhan_12khariphoto-06-1723815346.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्