site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

काठमाडौं । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, कला संस्कृतिको सम्वर्द्धनको उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’को गठन गरेको छ । विराटनगर महानगरपालिकाद्वारा प्रेषित विज्ञप्तिअनुसार महानगर कार्यपालिका बैठकले साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको जनाएको छ । 

बैठकले सरला चापागाईंलाई उपाध्यक्ष तथा सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी)लाई मनोनयन गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले प्रतिष्ठानको कार्यसमिति सदस्यमा माया पौडेल आशावादी (नृत्य/गीतसंगीत), गंगा सुवेदी (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य/रंगमञ्च) र शिवनारायण पण्डित सिंगललाई (मातृभाषा) मनोनीत गरेको विज्ञप्तिमा जनाइएको छ । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रस्तावमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको नाम कार्यपालिकाले अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिष्ठानको प्राज्ञसभा सदस्यहरूमा प्रा.डा. हरिहर भण्डारी, हाँस्यव्यंग्य कवि लक्ष्मण नेवटिया, कवि गोकुल अधिकारी, गायक रामा मण्डल, साहित्यकार हरि कट्टेल, कवि भेषराज पोखरेल, साहित्यकार रामबाबु दाहाल, निर्देशक तथा कलाकार केशव रायमाझी, साहित्यकार डा. विमला श्रेष्ठ, कवि सविता गौतम दाहाल, साहित्यकार शुभलक्ष्मी लम्साल र कलाकार इन्द्र परियार मनोनीत भएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्