site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एमजीको एसयूभी एमजी हेक्टरले बनायो कीर्तिमानी

काठमाडौं । एमजी मोटर इन्डियाको लोकप्रिय एसयूभी एमजी हेक्टरले भारतमा आफ्नो पाँचौँ वार्षिकोत्सवमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएको छ ।

माउन्टेन गोटसँगको सहकार्यमा एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा ‘सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्मको सडक यात्रा’ शीर्षकमा प्रतिष्ठित उपाधि जितेको बताएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत जुलाई २७ को दिउँसो १ः३० मा केरलाको कुट्टानाडबाट ३० जुलाईको बिहान ८ः२८ मा लद्दाखको उम्लिंग लामा पुगेर यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

३,८४६ किलोमिटरको यात्रा ६६ घण्टा ५८ मिनेटमा सम्पन्न भएको एमजीले जनाएको छ ।

यो उपलब्धि हासिल गर्ने सबैभन्दा तीव्र एसयूभी एमजी हेक्टर बनेको कम्पनीको दाबी छ ।

सुरुवाती वर्षमै २५ हजार युनिट बिक्रीको आँकडा पार गरेको गाडीले ५० हजार औँ आंकडा पार गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्