site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटाका गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले टाटाका गाडी खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । यसका लागि बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार टाटाका गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत (जुन कम हुन्छ) ऋण उपलब्ध गराउने कम्पनीले जनाएको छ । अन्य गाडीमा अधिकतम आठ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत उपलब्ध गराउने बैंकले जनाएको छ ।

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब सात लाख ग्राहक छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्