site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दिपल एस०७ को प्री–बजेट मूल्य ७१ लाख ९९ हजार

काठमाडौं । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानका लागि 'नाडा अटो सो' केन्द्रित ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ ।

बिग ब्याङ अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्री–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसका साथै चांगानले नाडा अटो सोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई सात वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफरमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीहरूको अनुभव लिन पाउने कम्पनीको दाबी छ ।

भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिकरूपमा बेजोड रहेको कम्पनीको भनाइ छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको यस ईभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्