site stats
बाह्रखरी :: Baahrakhari
देश
ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा !

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडीखेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको भन्दै काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान थालिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेका तीन जनाले सार्वजनिक स्थलमा गर्न नहुने कार्य गरेको पाइएको छ । 
अधिकारीका अनुसार उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जब देउवा र ओलीले रिस थाम्नै नसक्ने गरी टुँडिखेलमा बालेनको पक्षमा हुटिङ भयो

प्रधानमन्त्री ओली गौरा पर्वको कार्यक्रममा उपस्थित हुनासाथ उनीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको थियो ।  सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको थियो

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले ‘केपी .... पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए ।  मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनीहरुलाई केही राजनीतिक दल र नेताले उचालेको आशंका प्रहरीलाई छ ।

यस्तो नाराबाजी गरेको आरोपमा पक्राउ परेका सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरिएको हो । नाराबाजी गरेलगत्तै दुई जनालाई पक्राउ गरिएको थियो भने थप एक जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौरा पर्वको कार्यक्रममा नाराबाजी गर्ने युवाहरूलाई तत्काल रिहा गर्न हरि ढकालको माग

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले ‘बालेन, बालेन’ भनेर हुटिङ गरेका थिए । लगातार हुटिङ भएपछि सम्बोधनका लागि पुगेका कांग्रेस सभापति देउवा उनीहरुप्रति आक्रोशित भएका थिए । 

कांग्रेस सभापति देउवा निकै आक्रामकरूपमा प्रस्तुत भए । प्रायः छोटो भाषण गर्ने देउवा नाराबाजी गर्नेविरुद्ध खनिए ।  भाषणको सुरुमा देउवा नम्र देखिएका थिए । उनको अनुहारमा रिस उठेको त देखिन्थ्यो तर उनले नियन्त्रणमै राखेका थिए ।

टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ

तर, नाराबाजी झन् चर्को बनेपछि देउवाले रिस थाम्न सकेनन् । सुरुमा त उनले ‘जति कराउनु छ, तपाईंहरू कराउनुस्’ भने । 

दर्शकदीर्घाबाट आवाज झन् चर्को बन्यो । देउवा पनि के कम, औँला ठड्याएरै भने, ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, बदमासहरू ।’ ‘यही हो नेपालको संस्कृति, यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू’ आफ्नै शैलीमा देउवाले उनीहरुलाई हप्काउँदै भनेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्