site stats
बाह्रखरी :: Baahrakhari
देश
जीएमसी हस्पिटलको नयाँ भवन शिलान्यास

पोखरा । गण्डकी मेडिकल कलेजले नयाँ भवनको शिलान्यास गरेको छ । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले पोखरा–२७, रिठेपानीमा नयाँ भवन बनाउन लागेको हो । अस्पतालको सेवा तथा शिक्षण समेत एकैठाउँमा हुनेगरी निर्माण हुन लागेको अत्याधुनिक भवनको शिलान्यास अध्यक्ष खुमाप्रसाद अर्यालले गरेका हुन् ।

आफ्नै स्वामित्वमा रहेको जग्गामा बीडीएस, नर्सिङ तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन रहेको पुरानो भवननजिक करिब तीन अर्बको लगानीमा ७५० शैयाको अत्याधुनिक शिक्षण अस्पताल निर्माण गर्न लागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, हस्पिटलले पोखरा–२७, छत्रेढुंगामा समेत करिब एक अर्बको लागतमा शैक्षिक भवनको समेत निर्माण सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । उनले दुवै भवनको निर्माण कार्य करिब दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आज शिलान्यास गरिएको बताए ।

पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजको अस्पतालबाट सेवा प्रदान गर्दै आए पनि पोखराको जनघनत्व बढ्दै गएपछि सेवाग्राहीको समेत चाप बढेपछि कम्पनीको स्वामित्वमा रहेको जग्गामा भवन बनाउन लागिएको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्