site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यलाई श्री एयरलाइन्समा यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट प्रदान गर्ने सम्झौता गरिएको हो ।

श्री एयरलाइन्सका काउन्टरबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यका निम्ति टिकट खरिद गरी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्