site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इटालीमा सी–चेकपछि निगमको विमान नेपाल अवतरण

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एएलवाई (अन्नपूर्ण) विमान सी–चेक (पूर्णपरीक्षण)पछि नेपाल अवतरण भएको छ ।

इटालीमा सी–चेक गरिएको विमानले बिहीबार बिहान ८ः३६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इटालीको मेन्टिनेन्स एन्ड ओभरअल अर्गनाइजेसन (एमआरओ) कम्पनी एटिटेकले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकपछि सर्टिफिकेट अफ रिलिज टू सर्भिस (सीआरएस) प्रदान गरेको निगमले जनाएको छ ।

उक्त विमानले जापानमा उडान भर्ने निगमको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्