site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् नेपाली कांग्रेसले परिचालन गरेका ७७ केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले विशेष अभियानका लागि ७७ जिल्लाा ७७ केन्द्रीय सदस्य खटाएको छ । अधिकांश केन्द्रीय सदस्यहरूले पत्र र आफूले जिल्लामा गर्नुपर्ने कामको कार्यादेश (टीओआर) तथा आवश्यक सामग्री बुझेका छन् ।

उनीहरूले जिल्लामा रहँदा पार्टीभित्रको विवाद मिलाउने, समसामयिक राष्ट्रिय राजनीतिबारे जिल्ला तहका नेता कार्यकर्तालाई प्रशिक्षित  गर्ने, भ्रातृ तथा सुभेच्छुक संस्थामा विवाद भए मिलाउने, उनीहरूलाई विश्वासमा लिएर पार्टी हितमा परिचालन गर्ने, जिल्ला, क्षेत्र तथा पालिका तहमा पदाधिकारी रिक्त भए रिक्त भएको पद पहिलेकै प्रक्रियाबाट पूर्ति गर्नेसहितका काम गर्ने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसबाहेक उनीहरूले कांग्रेसबाट निर्वाचित भएका स्थानीय तहहरूलाई उनीहरूको अडिटसहित सुधारका सुझाव दिने, काम गर्ने मुद्दा र स्थानीय मुद्दामा उनीहरूको चासोबारे जानकारी लिने तथा पार्टीका तर्फबाट आवश्यक सुझाव र निर्देशन दिने छन् ।

केन्द्रीय प्रतिनिधिले स्थानीय तहका जनप्रतिनिधि र जिल्ला तथा पालिका तहको पार्टीसँग समन्वयका लागि आवश्यक सहजीकरण पनि गर्ने छन् । त्यसबाहेक स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विधान र केन्द्रीय समितिको निर्णयअनुसार बुझाउनुपर्ने लेबी बुझाउन पनि निर्देशन दिने छन् ।

नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई हरेक स्थानीय तहको नेतृत्व, त्यहाँ रहेका क्रियाशील सदस्य, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रहेका स्थानीय तह र वडा, त्यहाँ रहेका क्रियाशील सदस्य ती क्षेत्रमा पार्टीले पाएको भोटसहितका विवरण पनि दिएर पठाएको छ ।

त्यसबाहेक सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीका वर्तमान र पूर्वसभापतिसहितको विवरण पनि केन्द्रीय समितिका सभापतिलाई थमाएको छ । यसअघिको 'समुदायमा कांग्रेस अभियान'को रिपोर्टसमेत दिएर पठाएको कांग्रेसले पुस १६ मा अभियान सकेर फर्किएपछि पार्टीले दिएको ढाँचामै प्रतिवेदन बुझाउन नमुनासमेत दिएर पठाएको छ ।

यी हुन् कांग्रेसको संगठन सुदृढीकरणमा खटिएका केन्द्रीय प्रतिनिधि 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्