site stats
बाह्रखरी :: Baahrakhari
देश
गोली हानी श्रीमतीको हत्या
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गए राति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राति  (बिहीबार बिहान) १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्‌ले गोली हानी हत्या गरेका छन् । उनीहरूबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले गए राति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षीया रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्