site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको जोखिम, उच्च सावधानी अपनाउन आग्रह
सेतीमादी नदीको दृश्य ।

काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेहथुम, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहत, बारा, पर्सा, उदयपुर, सिन्धुली, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, गुल्मी, अर्घाखाँची, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब.सु.पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, डोटी र डडेलधुरा भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ । उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख र अछाम भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

b1-1727329291.jpg

b2-1727329291.jpg

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्