site stats
बाह्रखरी :: Baahrakhari
देश
जलनको उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी, सबै प्रदेशबाट सेवा दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । यससम्बन्धी स्वास्थ्य मन्त्रालयले अर्थमा लगेको प्रस्ताव हालै स्वीकृत भएको छ ।  

योसँगै मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क गर्ने र सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नु परेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीज्यूको निर्देशनानुसार मन्त्रालयले तयारी थालेको छ,” मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।

कोसी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिने छ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने मन्त्रालयको तयारी छ ।

यसअघि, कीर्तिपुर अस्पतालबाट उपचार भइरहेकामा गत भदौमा वीर अस्पतालमा पनि जलन वार्ड सञ्चालनमा ल्याइएको थियो ।

मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्