site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरो प्रभावित आठ जिल्लाका लागि सहसचिवको नेतृत्वमा कार्यदल गठन

काठडमाडौं । गृह मन्त्रालयले अविरल वर्षापछि निम्तिएको विपद्‌बाट प्रभावित आठ जिल्लामा राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । आठजना सहसचिवको संयोजकत्वमा बाढीपहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी आठ जिल्लाका लागि कार्यदल गठन भएको हो । 

काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ ।

कार्यक्षेत्रहरू :

१. अति भारी वर्षका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने,
२. अति भारी वर्षका कारण आएको बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गर्ने,
३. क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने,
४. विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्य गर्ने,
५. कार्यदलले आगामी पुस २० गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्ने ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्