site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तकोसीमा जेटबोट पुनः सञ्चालनमा

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार (आज)देखि जेटबोट पुनः सञ्चालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

केही समयअगाडि वर्षाका कारण जलसतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडबाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन गरिँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।

सोमबार बिहान चतरास्थित सप्तकोसी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायत अधिकारीले निरीक्षण गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्