site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैँअघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी
फाइल तस्बिर ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि उनीहरूले रकम पाएनन् ।

मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्नेे तयारी भइरहेको जानकारी दिए । “मैले दसैँअगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ,” उनले भने, “हाम्रो मन्त्रालयले आठ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । हामीले पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ । तीन अर्ब ५० करोडजति भुक्तानी दिन बाँकी छ । भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै ४५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उल्लेख गरे । समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको उनले बताए ।

“मुलुकका विभिन्न राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भए पनि सरकारले व्यवसायीलाई ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेछ, अहिलेसम्म १५ अर्ब मात्र भुक्तानी पाएका छौँ,” उनले भने, “निर्माण सम्झौता भएका करिब ६ खर्ब ५० करोडका आयोजनाको काम अगाडि कसरी बढाउने ?” रासस

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्