site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाढीले दुई करोडको तरकारी बाली क्षति
फाइल तस्बिर ।

इनरुवा (सुनसरी) । यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ,” प्रमुख सिंहले भने ।

स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए । बाढीले ५० हेक्टरमा लगाएको  एक लाख ८० हजार बराबरको उखुबालीमा क्षति भएको उनले बताए ।

जिल्लामा आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्