site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, भकुण्डेबेँसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने छ ।

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बीपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ । रासस

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्