site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिवम् होल्डिङग्सको लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडको लाभांश पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारणसभाले सेयरधनीलाई ११ लाख ६० हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभा शिवम् होल्डिङग्सका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको थियो । शिवम् होल्डिङग्स कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्सी शिवम् सिमेन्टको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । उक्त उद्योगका अलवा अन्य पूर्वाधार निर्माण र जलविद्युत् परियोजनाहरूमा समेत लगानी गर्न प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरू अगाडि बढाइएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी शिवम् होल्डिङग्स कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरू सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त पाएपश्चात् नियमानुसार सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत संकलन हुने रकम मुनाफा आर्जन हुने अन्य परियोजनाहरूमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन छलफलमा लागेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्